१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनसरी, इटहरी उपमहानगरपालिका–३ का ३३ वर्षीय पदमबहादुर भुजेललाई असोज ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बिवाह गर्ने प्रलोभनमा असोज १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २ गते इलाका प्रहरी कार्यालय आठराईमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि आठराई गाउँपालिका–१ बाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २ गते गरिएको छ ।