१६ वर्षीया बालिकालाई कावासोती नगरपालिका–३ का १९ वर्षीय युवकले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा भदौ १७ गते उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले भदौ ८ गते पटकपटक दुर्व्यवहार गरी भिडियो बनाएको र डरधम्की देखाएर बलात्कार गरेको भन्दै पीडितकी आमाले प्रहरीमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) डिएसपी दिलिप कुमार गिरीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
आरोपित घटनापछि फरार रहेकाले खोजी कार्य भइरहेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १८ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।