INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले शारदा नगरपालिका–२ खलङ्गाका ३३ वर्षीय प्रेमबहादुर खड्कालाइ भदौ ९ गते घरबाटै गिरफ्तार गरेको छ ।

विवाहको प्रलोभनमा भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ९ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको डाक्टर भिमकान्त जैशीले बताउनु भयो ।

अन्य

भिडियो