INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

मादी गाउँपालिका–९ सिप्लिवेशीकी १७ वर्षीया कोपिला परियारको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्याङ्जा हरिनास गाउँपालिका–६ चालिसे बस्ने ४५ वर्षीय राम बहादुर थापा (मोटे) भनिने खड्क बहादुर खवासलाई भदौ ६ गते गिरफ्तार गरेको छ ।

मादी गाउँपालिका–९ मकैबारी स्थित मामाघर बस्दै आएकी कोपिला ०७७ असार १५ गतेदेखि हराएकी थिइन ।

उनको शव असार २५ गते मादी गाउँपालिका–११ मुखियाको शेर स्थित पातीघरमा सडेको अवस्थामा फेला परेको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा आरोपितलाई स्याङजा पुतलीबजार–४ शिवमन्दिर चोकबाट जिल्ला प्रहरी कार्यालय स्याङजाको सहयोगमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

मृतक र आरोपितबिच प्रेम सम्बन्ध रहेको र मृतकले आरोपितलाई विवाह गर्न दबाब दिन थालेपछि असार १५ गते बलात्कारपछि हत्या गरेको आरोपितको बयानमा खुलेको उहाँले बताउनुभयो ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दा अन्तर्गत १० दिनको म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी हमालले जानकारी दिनुभयो ।

अन्य

भिडियो