INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाको कसुरमा चार वर्ष कैद सजायको फैसला

४२ वर्षीया सुस्त मनस्थिति भएकी एक महिलालाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै मिर्चैया नपा–१ का २३ वर्षीय दरबीलाल ठाकुर र सोही ठाउँका २४ वर्षीय श्याम कापरलाई जिल्ला अदालतले साउन ३२ गते जनही चार वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको हो । फैसलामा पीडित महिलालाई २५ हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरिएको छ ।

पीडित महिलालाई आरोपितद्वयले ०७६ कात्तिक ३० गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यलय मिर्चैयामा मङ्सिर २ गते उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर २ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यलय मिर्चैयाले आरोपितहरूलाई मङ्सिर २ गते घरबाटै गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशले मङ्सिर ३० गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।

अन्य

भिडियो