२७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कमला नपा–८ हरिणे बस्ने ३५ वर्षीय शम्भु महरा रविदासलाई साउन ३० गते गिरफ्तार गरेको छ ।
आरोपित रविदास र सोही ठाउँ बस्ने ३० वर्षीय रामचन्द्र मण्डल खत्वे र ३० वर्षीय सन्तोष महराले ०७७ असोज २६ गते सामूहिक बलात्कार गरेको पीडितको आरोप छ ।
पीडित महिलालाई आरोपितहरुले पेस्तोल देखाएर सामूहिक बलात्कार गरी आफूले लगाएको गरगहना लुटेर लगेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७७ असोज २९ गते उजुरी दिएकी थिइन् ।
घटनापछि फरार रहेका आरोपितहरुको खोजी गर्ने क्रममा रविदासलाई जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।