INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समन्वय केन्द्रको साधारण सभा सम्पन्न

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसिसि) को वार्षिक साधारण सभा फागुन ११ गते काठमाडौँमा सम्पन्न भएको छ ।

Photo20170222Ktm

कार्यक्रमको अध्यक्षता गर्दै बाल अधिकार महासन्धीमा आधारित समितिका अध्यक्ष कृष्ण सुवेदीले आआफ्ना संस्थाले गरेका कामलाई समन्वय केन्द्रको गतिविधिका रूपमा एकीकृत गर्न सके केन्द्रको महत्व अझै बढ्ने बताए । उनले केन्द्रकै परिकल्पना अनुरुप विश्वव्यापी आवधिक प्रतिवेदनको तयारीमा २ सय ९५ वटा मानव अधिकार केन्द्रीत संस्थाहरू एक ठाउँमा आएको बताए ।

साधारण सभामा सम्बोधन गर्दै केन्द्रको सचिवालय इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यस्तो सञ्जालको ज्यादै ठूलो महत्व रहेको भन्दै यसलाई अझै सक्रिय बनाउन सबै सदस्य संस्था एकजुट हुनु पर्ने बताए । उनले मानव अधिकारको संरक्षणमा केन्द्रको पहिचान अन्तर्राष्ट्रियस्तरमा समेत रहेको बताए ।

Photo20170222Ktm1

कार्यक्रममा सचिवालयका तर्फबाट इन्सेककी बहस तथा पैरवी कार्यक्रम व्यवस्थापक सम्झा श्रेष्ठले केन्द्रमा ७८ वटा मानव अधिकार सङ्घसंस्था आबद्ध रहेको जानकारी दिइन् । केन्द्र अन्तर्गत विभिन्न आठ वटा समिति क्रियाशील रहेका छन् । यी आठ वटा समितिले वर्षभरी गरिएका कामका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी दिनमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको अनुमोदनका लागि सरकारलाई थप दबाव दिन एक समिति गठन गर्ने निर्णय गरिएको केन्द्रको सचिवालयले जनाएको छ ।

Photo20170222Ktm2

अन्य

भिडियो