INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अजिरकोट गाउँपालिकाका ७२ वर्षीया लेखनाथ खनाललाई साउन २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन २३ गते मादकपदार्थ सेवन गरी बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयो ।

आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध साउन २५ गते जिल्ला अदालत गोरखामा जवरजस्तीकरणी शीर्षक अन्तरगत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते गोरखा अस्पतालमा भयो ।

अन्य

भिडियो