INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बेचबिखन घटनाका आरोपित गिरफ्तार

बेचबिखन गर्ने उद्देश्यले भारततिर लैजाँदै गरेको अवस्थामा रुपन्देहीस्थित सहायक नाकाबाट प्रहरीले फागुन १० गते चारजना बालिकाको उद्दार गर्नुका साथै उक्त घटनाका आरोपित चितवन भण्डारा-१ घर भई हाल काठमाडौँ सुन्दरीजलका ३५ वर्षीया शान्ति परियारलाई गिरफ्तार गरेको छ ।

सिन्धुपाल्चोकका १७ र १८ वर्षीया दिदीबहिनी र चितवन १५ र १६ वर्षीया दुई बालिकालाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनायो ।

आरोपितले ती बालबालिकालाई सर्कसमा नाच्ने जागिर लगाइदिने बहानामा सिमापार गराउन खोजेको जिल्ला प्रहरी कार्यलयका सई लक्ष्मण बिकले जानकारी दिए ।

हाल पीडित चारैजना बालिकालाई रुपन्देहीस्थित एक पुनःस्थापना गृहमा राखी परामर्श दिइरहेको र आफन्तको जिम्मा लगाइने सई बिकले जानकारी दिए । आरोपितविरूद्ध मानव बेचबिखन तथा ओसारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।

अन्य

भिडियो