चार वर्षीया बालिकालाई साउन १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका–१ का २६ वर्षीय आनन्दकुमार पासवानलाई साउन १९ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध साउन १९ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् । गाउँमै घटना मिलाउने प्रयास हुँदा उजुरी दिन ढिला भएको पीडित बालिकाको आमाले बताएकी छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा साउन १९ गते गरिएको छ ।
आरोपित पासवानलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो ।