INSEC Online

📅 २०८३ जेष्ठ २१

जबरजस्ती यौन कार्यमा लगाइ बेचबिखन गर्न खोजेको घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका –१२ अमरसिंहचोक स्थित एक खाजा घर सञ्चालन गरी बस्ने ५३ वर्षीया सोनाम गुरुङ र पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीका ३२ वर्षीय रोशन गुरुङलाई साउन १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरुले राम्रो काममा लगाइदिने प्रलोभनमा पार्नुका साथै डर त्रास देखाएर जबरजस्ती यौन कार्य गर्न लगाएको आरोपमा पीडितले आरोपितहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा साउन १५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

आरोपितहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र्शीषक अन्तरगत घटनाको अनुसन्धान भइरहेको र पीडितलाई मनोपरामर्श गरी साउन १७ गते आफन्तको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १६ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो