१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप– महानगरपालिका–१० का २६ वर्षीय आषिश थापालाई साउन १५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले डरत्रास देखाएर साउन ७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन १५ इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।
यसैगरी, ३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बुटवल उप–महानगरपालिका –१ का २६ वर्षीय केशव घर्तीलाई साउन १५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले साउन १५ इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको छ । उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।