१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सबैला नपा–१२ बरकुर्वा बस्ने २४ वर्षीय राजेश चौधरीविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा साउन १३ गते उजुरी दिएकी छिन् ।
साउन ८ गते राति आरोपितले घरबाटै अपहरण गरी कोही नबस्ने एक छिमेकीको घरमा लगेर बन्धक बनाई बलात्कार गरेको पीडित बालिकाको आरोप छ ।
घटना लगतै आरोपित पक्षले आर्थिक लेनदेन गरी गाउँमै घटना मिलाउन दबाब दिएको पीडित पक्षको आरोप छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।
घटना लगतै आरोपित फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले इन्सेक धनुषा प्रतिनिधिलाई जानकारी दिनु भयो ।