१८ वर्षीया दृष्टिविहीन महिलालाई बलात्कार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका–३ का ३५ वर्षीय पप्पु वाइबालाई प्रहरीले ०७८ साउन १० गते घरैबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७७ फागुन १९ गते फकाएर घर नजिकै रहेको गोठमा लगि बलात्कार गरेको भन्दै पीडितका बुवाले ०७८ साउन २ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ साउन २ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको थियो । पीडितको चार महिनाको गर्भ समेत रहेको इन्स्पेक्टर केसीले बताउनु भयो ।
पीडितको शरीर तथा स्वास्थ्यमा परिवर्तन भएपछि सोधपुछका क्रममा पीडितले परिवारका सदस्यलाई घटना बारे थाहा भएका पीडितका बावुले बताउनु भयो ।