२८ वर्षीया महिलाले बलात्कृत भएको भन्दै दिएको उजुरी झुठो ठहर भएपछि जिल्ला अदालत सल्यानले उजुरी दिने महिलालाई १ हजार रुपियाँ जरिबाना र आरोपितलाई सफाइको फैसला गरेको छ ।
०७७ वैशाख २७ गते शारदा नगरपालिका–८ सिमखर्क निवासी ३३ वर्षीय यतलाल यरीले बलात्कार गरेको भन्दै ती महिलाले ०७७ वैशाख २८ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएकामा ०७७ भदौ ८ गते प्रहरीले आरोपितलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।
कसुर ठहर नभएपछि जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले असार २९ गते महिलाले दिएको उजुरी झुठो भएको भन्दै कारवाही स्वरुप महिलालाई १ हजार रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
अनुसन्धानको क्रममा महिलाको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । उनको स्वास्थ्य परीक्षण ०७७ वैशाख २८ गते जिल्ला अस्पताल सल्यानमा गरिएको डाक्टर भिमकान्त जैशीले जानकारी दिनुभयो ।