INSEC Online

📅 २०८३ जेष्ठ २१

बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

सुनवर्षी नगरपालिका–४ का ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरालाई असार १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १३ गते घरायसी विवादका क्रममा ढुङ्गाले हिर्काएर हत्या गरेको आरोपमा ४० वर्षीय दयालु ताजपुरियालाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर अनमोल खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असार १३ गते गरिएको छ ।

अन्य

भिडियो