INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार भएको भन्दै जिल्ला अस्पतालका डाक्टरहरू आन्दोलित

जिल्ला अस्पताल मुगुमा कार्यरत डाक्टरहरू विभिन्न माग राख्दा स्वास्थ्य सेवा कार्यालयका लेखा शाखा प्रमुखले जागिर खाइदिने धम्की दिँदै अपशब्द बोलेर दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् ।

१५ बुँदे मागपत्र लिएर असार ३ गते लेखा प्रमुख सुरेस केसीसँग गएको १० जना डाक्टरहरूको टोलीलाई दुर्व्यवहार गरेपछि माग पुरा नहुन्जेल सम्म ३ गते साँझ देखि अस्पतालको इमरजेन्सी सेवा बाहेक अन्य सेवा सञ्चालन गर्न नसकिने डाक्टर कबिराज पौडेलले जानकारी दिनु भयो ।

पौडेलका अनुसार मागपत्रमा पाँच महिना देखि बिग्रीएको एम्बुलेन्स थन्क्याइएको, मासिक तलब समयमा नपाएको, नागरिक वडा पत्रको लागि काउन्टर अगाडी राखिएको टेलिभजिजन सेट बिग्रीएको, नागरिक लगानी कोषको रकम महिनौं देखि जम्मा नभएको, ओभरटाइम भत्ता नपाएको, डाक्टरहरूको सेवा सुविधामा फरक भएको लगाएतका विषयहरू उठान गरिएको छ ।

2021618 Mugu 1

लेखा प्रमुखको दुर्व्यवहारपछि डाक्टरहरूले बाध्य भएर आफूहरू आन्दोलित भएको भन्दै समस्या समाधानका लागि स्वास्थ्य सेवा कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारी समेतलाई पत्रमार्फत आग्रह गरेका छन् ।

लेखा प्रमुख केसीले भने सबै काम समयमै भएको र केहि काम कागजपत्र प्राप्त नभएकोले रोकिएको बताउनुभयो । ‘क्यान्टीमा खाएको रकम समेत लेखाले तिर्नु पर्ने दवाव डाक्टरहरूले दिएपछि असहमति भएको हो, कुनै दुर्व्यवहार गरेको छैन’ केसीको जिकिर छ ।

स्वास्थ्य सेवा कार्यालय प्रमुख करुणा भट्टराईले छलफलबाट सहमतिमा ल्याउन आफूले पहल गरिरहेकोले अस्पतालमा बाधा पुर्‍याउने काम नर्गन दुबै पक्षलाई आग्रह गर्नुभएको छ ।

2021618 Mugu 3                 2021618 Mugu 2

अन्य

भिडियो