INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाका कर्मचारीलाई मार्ने धम्की, आरोपित गिरफ्तार

सर्लाही जिल्ला गोडैता नपा–१२ मधुवनी निवासी सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय नविनकुमार श्रीवास्तवलाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका सोही गाउँपालिका कार्यालयमा करारमा कार्यरत कार्यालय सहयोगी २८ वर्षीय मुकेशप्रसाद यादवलाई असार २ गते गिरफ्तार गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई आरोपित यादवले फोनमार्फत असार २ गते एसएमएस, फोन र अडियो आवाजबाट गोली प्रहार गरी हत्या गर्ने धम्की दिएको भन्दै पीडितले प्रहरीलाई खबर गरेपछि गाउँपालिकाको कार्यालयबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

लगातार फोन, एसएमएस र आवाज पठाएर गोली हानी हत्या गर्ने धम्की आएपछि जिल्ला प्रहरी कार्यालयमा असार २ गते उजुरी दिएको पीडित श्रीवास्तवले बताउनु भयो ।

डिएसपी गौतम मिश्रको कमाण्डमा अनुसन्धान टोली गठन गरी अनुसन्धान गर्दा आरोपितले १५ लाख नगद फिरौती आउने भएकाले अपरिचित नम्बरबाट धम्की दिएको खुल्न आएको डिएसपी मिश्रले बताउनु भयो ।

यस विषयमा अनुसन्धान गरी कानुन अनुसार कारवाही प्रक्रियामा लैजाने डिएसपी मिश्रले जानकारी दिनु भयो ।

अन्य

भिडियो