११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–४ का ५३ वर्षीय धनबहादुर गुरुङलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।
बालिकालाई ललाईफकाई घरमै आएर जेठ ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३० गते महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरमा गरिएको डिएसपी थापाले बताउनु भयो ।