१९ वर्षीया युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–६ का २२ वर्षीय धनबहादुर विकलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।
जेठ २७ गते नजिकैको जङ्गलमा घुम्न गएका बेला धनबहादुर विक सहित मदिरा सेवन गरेका व्यक्तिहरुले सामुहिक बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित विकलाई गिरफ्तार गरी अनुसन्धान अगाडी बढाइएको र फरार आरोपितहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २७ गते महाकाली अस्पतालमा गरिएको डिएसपी थापाले बताउनु भयो ।