४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पीडितका ६३ वर्षीय बुबालाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७८ जेठ २४ गते राति सुतेको बेला कोठामा गइ बलात्कार प्रयास गरेको भन्दै पीडितले आरोपितविरुद्ध जेठ २५ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएकी थिइन ।
पीडितको उजुरीपछि आरोपितलाई जेठ २६ गते घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
पीडितलाई आरोपितले बलात्कारको प्रयास गर्दा पीडितले प्रतिकार गरेपछि आरोपितको टाउकोमा चोट लागेको डिएसपी तिमिल्सेनाले जानकारी दिनुभयो ।
आरोपितको सामान्य उपचार स्थानीय मेडिकलमा गरी उनलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण नभएको डिएसपी तिमिल्सेनाले बताउनुभयो ।