१८ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ विराटनगरका ४३ वर्षीय अकबर हुसेनविरुद्ध फागुन ५ गते जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको छ ।
पीडित महिलालाई मोरङ घर भइ इलाम बरबोटे-३ मा बस्दै आएका आरोपितले फागुन ४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । फागुन ४ गते बेलुका गिरफ्तार भएका हुसेनविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ४ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।