INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  १८ गते)

प्रदेशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै गण्डकी प्रदेश मातहतका जिल्लाहरुको स्थानीय तहहरुले निषेधाज्ञा जारी गरेका छन् ।

गोरखा प्रतिनिधि हरिराम उपे्रतिका अनुसार समुदाय स्तरमा कोभिड–१९ सङ्क्रमण देखिएपछि भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ मा निषेधाज्ञा जारी गरिएको छ । वैशाख १८ गते राति १२ बजेबाट वैशाख २४ गते सम्म दुई ओटा वडामा निषेधाज्ञा लगाइएको हो । भिमसेन थापा गाउँपालिका ७ को क्यामुनटारका ६२ जनामा कोरोना देखिपछि जोखिम न्यूनिकरणका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो । निषेधाज्ञाको समयमा सङ्क्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिने उहाँको भनाइ छ । एक साता सार्वजनिक र नीजि सवारी सञ्चालनमा रोक लगाइएको छ । । यस अघि क्यामुनटार गाउँ वैशाख १५ गतेबाट गाउँपालिकाले सिल गरेको थियो ।

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्की प्रवेश गर्ने अधिकांश नाकाहरुमा स्वास्थ्य मापदण्ड लागू गरेको पाइएको छैन । ५०० सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको यस जिल्लामा निषेधाज्ञा रहेपनि अन्य जिल्लाहरुबाट प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गरिएको छैन । सामान्य रुघाखोकी, ज्वरो आएका बिरामी समेत सवारी साधनमा जिल्ला प्रवेश गर्ने गरेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमखु डाक्टर विनोदविन्दु शर्माका अनुसार बाहिरी जिल्लाबाट कास्की प्रवेश गर्नेहरु र कन्ट्रयाक्ट ट्रेसिङमा पर्नेहरुमा कोभिड–१९ को बढी सङ्क्रमण देखिएको छ । कोभिड–१९ सङ्क्रमण बढेपनि स्वास्थ्य समस्या देखिएकाहरुले समेत मास्क नलगाउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगरी सार्वजनिक सवारी साधन, ट्रक, टिप्पर चढेर जिल्ला प्रवेश गर्नेहरुको सङ्ख्यामा बृद्धि भइरहेको छ । यस्ता गाडीमा आउनेहरुको कुनै अनुगमन वा स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको छैन । पहिलो चरणको लकडाउनका समयमा पोखरा भित्रने याम्दी, छोरेपाटन र कोत्रे नाकामा स्वास्थ्य डेस्क नै सञ्चालन गरिएको भएपनि यसपटक भने गरिएको छैन । निषेधाज्ञा जारी गरिएपनि वैशाख १५ गतेदेखि वैशाख १७ गतेसम्म कास्कीका तीन ओटा नाकाबाट १ हजार १ सय ६५ सवारीसाधन भित्रिएको तथ्याङ्क रहेको गण्डकी प्रदेश टा«फिक प्रहरी कार्यालयले जानकारी दिएको छ । ती साधानमा आउने कुनै पनि यात्रुको स्वास्थ्य परीक्षण नभएको र कहाँ कति गए भन्ने तथ्याङ्क समेत रखिएको छैन । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमल जिल्ला प्रवेशमा कसैलाई पनि रोक नलगाइएको र अनुमगनपछि त्यसको व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेसँगै गल्याङ नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । गल्याङ नगर कार्यपालिकाको वैशाख १८ गते बसेको बैठकले कोभिड–१९ सङ्क्रमणबाट जोगिनुपर्ने भएकाले वैशाख १९ गते देखि वैशाख २५ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक बाहेक कुनै पनि पसल, व्यवसाय सञ्चालन गर्न नपाइने तर औषधी पसल भने खुल्ला रहने गल्याङ नगर प्रमुख भूपराज अधिकारीले जानकारी दिनुभएको छ । त्यस्तै वालिङ नगरपालिका कोभिड–१९ क्राईसिस म्यानेजमेण्ट सेण्टरका अध्यक्ष एवमं नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा वैशाख १८ गते बसेको बैठकले वालिङ नगरपालिकमा जनस्वास्थ्य विपद घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।बैठकको निर्णय अनुसार सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि नगरपालिकाले वैशाख १८ गते राति देखि वैशाख २५ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो।

अन्य

भिडियो