INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला मानव अधिकार रक्षक सञ्जालको सल्लाहकारमा इन्सेक प्रतिनिधि चयन

महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीले सल्लाहकारमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि मनोहरकुमार पोखरेललाई मनोनित गरेको छ ।

राजविराजमा वैशाख ११ गते सम्पन्न नवनिर्वाचित कार्यसमितिको पदस्थापना समारोहमा इन्सेक प्रतिनिधि पोखरेल, सप्तरीको दोस्रो महिला शिक्षक मञ्जु श्रेष्ठ र दहेज मुक्त मिथिलाकी अध्यक्ष करुणा झालाई सल्लाहकारमा मनोनयन गरिएको सञ्जालले जनाएको छ ।

नवनिर्वाचित १७ सदस्यीय कार्यसमितिले सल्लाहकारमा मनोनयन गरे पश्चात प्रदेश २ की उपसभामुख उपमा देव र सञ्जालकी अध्यक्ष अनिता देवकोटाले महिलाहरूको अधिकार रक्षाका लागि सञ्जालले योगदान पुर्‍याउने बताउनु भयो ।

अन्य

भिडियो