INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले दार्माकोट गाविस ८-का ४१ वर्षीय पहलबहादुर वलीलाई माघ २४ गते गिरफ्तार गरेको छ ।

 

पीडित महिलालाई २३ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २४ गते प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

 

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २४ गते गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो