INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार घटनाका आरोपित चामुण्डाबिन्द्रासैनी नपा–३ हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई प्रहरीले चैत ३० गते घरबाटै गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले चैत १९ गते विद्यालयमा लिई बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २९ गते दैलेख अस्पतालमा भएको डा. जीना सापकोटाले बताउनुभयो ।

अन्य

भिडियो