INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई लहान नपा–२१ का २५ वर्षीय कमलेश साहले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले दिएको उजुरी इलाका प्रहरी कार्यालय लहानले चैत २१ गते दर्ता गरेको छ ।

पीडित युवतीलाई आरोपितले चैत १६ गते बलात्कार प्रयास गरेको र गाउँमै घटना मिलाउन खोज्दा घटना नमिलेपछि इलाका प्रहरी कार्यालय लहानमा चैत २० गते उजुरी दिएको पीडित युवतीकी आमाले बताइन् ।

पीडित युवतीको स्वास्थ्य परीक्षण रामकुमार उमाप्रसाद अस्पताल लहानमा चैत २० गते गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले आरोपित फरार रहेकोले खोजतलास जारी राखिएको बताउनु भएको छ ।

अन्य

भिडियो