६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत १५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई सोही दिन साँझ गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर विशाल तामाङले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते भरतपुर जिल्ला अस्पताल चितवनमा भएको छ ।