चैत ७ गते ७९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ६ सय ३७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७१ हजार ८ सय १५ जना निको भएका छन् । चैत ७ गते ८२ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत ७ गतेसम्म ३ हजार १६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ९ सय ९८ देखाइएको छ ।
हत्या घटनाका आरोपित गिरफ्तार
महिलालाई सामाजिक सञ्जालमा चरित्र हत्या गरी मर्न बाध्य पारेको आरोपमा