INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजपुर गाउँपालिका–२ का २५ वर्षीय बस्ते घर्तीमगरलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरमा कोही नभएको मौका पारेर चैत २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले  चैत ३ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको इन्स्पेक्टर  राजकुमार भट्टले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण चैत ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो