INSEC Online

📅 २०८३ जेष्ठ २२

आमासँगै कर्णालीमा हाम फालेको आशङ्का घटनाको अनुसन्धान जारी, रजनीको शव फेला

आमा र चार सन्तानले कर्णाली नदीमा हामफालेको आशङ्का गरिएको घटनामा ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ ।

घटनाको नवौं दिन चैत ३ गते अछामको तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो । बालिकाको शव पोष्टमार्टमका लागि अछामको मङ्गलसेन अस्पतालमा पठाइएको डिएसपी श्रेष्ठको भनाई छ । उहाँका अनुसार दैलेखको आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै फागुन २४ गते कर्णाली नदीमा हाम फालेको अनुसन्धानबाट खुलेको छ ।

सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो । आमा सुकी र उनका छोरा १० वर्षीय ललितको शव घटनाको भोलिपल्ट फागुन २५ गते कर्णाली नदीमै भेटिएको थियो ।

सुकीका पति मानसिंह बडुवालले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य पारेको कसूरमा उनी माथि जिल्ला प्रहरी कार्यालय अछामले आत्महत्या दुरुत्साहन मुद्दा चलाइ हिरासदमा राखेको छ ।

मृतकहरू पाँचै जनाले आफ्नो गाउँ दैलेखको आठवीस नगरपालिका –३ निमायल नजिकै कर्णाली नदीमा हामफाले पनि सबै जनाको शव अछाम जिल्लाको भूभागमा फेला परेको कारण अछाममा मुद्दा चलाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी बसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

अन्य

भिडियो