सुस्त मनिस्थिति भएकी १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेशपुर पतारले चैत २ गते ५० वर्षीय ससुरालाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले माघ २७ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले चैत १ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी गरेकी थिइन् ।
पीडितले घटनाबारे घरमा समयमा नै जानकारी नभएका कारण तत्काले प्रहरीमा उजुरी गर्न नसकिएको पीडितकी आमाले बताइन् ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १ गते गरिएको छ । आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर अरबिन्द साहले बताउनु भयो ।