३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित गोलबजार नपा–२ का २६ वर्षीय बिन्देश्वर सदा विरुद्धको मुद्दा जिल्ला अदालत सिरहाले चैत १ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
न्यायाधीश रोमनाथ अधिकारीको इजलासले सो फैसला गरेको हो । आरोपित घटनापछि हालसम्म फरार रहेकाले मुद्दा मुल्तबीमा राखिएको जनाएको छ ।
पीडित महिलालाई आरोपितले ०७५ जेठ ८ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा जेठ ९ गते उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ ९ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारले आरोपित फरार रहेकाले खोजतलास भइरहेको जनाएको छ ।