चैत १ गते ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ६ सय १५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७१ हजार ३ सय २६ जना निको भएका छन् । चैत १ गते ७७ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १ गतेसम्म ३ हजार १४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८ सय ९१ देखाइएको छ ।
हत्या घटनाका आरोपित गिरफ्तार
महिलालाई सामाजिक सञ्जालमा चरित्र हत्या गरी मर्न बाध्य पारेको आरोपमा