१३ वर्षीया बालिकालाई फागुन २२ गते बलात्कार गरेको आरोपमा ४४ वर्षीा बुबालाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताउनु भयो ।
पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २७ गते प्रहरीमा उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २७ गते जिल्ला अस्पताल सिमखेतमा गरिएको छ ।