INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुखिपुर नपा–७ का ५३ वर्षीय रामचलितर साहविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा फागुन २५ गते उजुरी दिएको छ ।

आरोपितले बालिकालाई फागुन २४ गते यौन दुर्व्यवहार गरेको जानकारी पाएपछि उजुरी दिएको पीडित बालिकाको आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २५ गते भएको थियो ।

आोपितलाई फागुन २४ गते राति नै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर अरबिन्द साहले बताउनु भयो ।

अन्य

भिडियो