३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अरुण गाउँपालिका-६ का ५४ वर्षीय वीरबल राईलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारामा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २१ गते गरिएको छ ।