INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहद्वारा आगलागी पीडितलाई सहयोग

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा राजविराज नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहले फागुन १८ गते बैठक खर्चसहित ६ हजार रुपियाँ आगलागी पीडित गरिब तथा असहाय दलित महिलालाई प्रदान गर्ने निर्णय गरेको छ ।

photo20210303saptari (1)

राजविराज नगरपालिका–१० दिघवाकी २५ वर्षीया निरसी खंगलाई उपचार खर्च जुटाउन र पोषणयुक्त खानामा समस्या परेको बेला समूहले बैठक खर्चबापतको १ हजार ५ सय रुपियाँ र कार्यसमिति पदाधिकारीबाट सहयोगस्वरुप उठाएको ४ हजार ५ सय रुपियाँ गरी ६ हजार रुपियाँको प्रोटिनयुक्त खानेकुरा सहयोग गर्ने निर्णय गरेको हो ।

इन्सेक सप्तरी प्रतिनिधिको कार्यालयमा अध्यक्ष रघुबर साहको अध्यक्षतामा बसेको बैठक पश्चात निगरानी समूहका पदाधिकारीहरू राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगेर हर्लिक्स र फलफूलको जुसलगायतका सामाग्री उपलब्ध गराएको समूहकी कोषाध्यक्ष नानीमैया कटवालले बताउनु भयो ।

इन्सेक प्रतिनिधिसहित पुगेको टोलीले बिरामीको स्वास्थ्य अवस्था जानकारी लिनुका साथै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झासँग गरिब, असहायलगायतका लक्षित समूहको लागि सामाजिक सेवा इकाईमार्फत पीडितको औषधोपचार गर्न माग गरेको छ ।

photo20210303saptari (2)

गरिबीका कारण उपचार खर्च जुटाउन नसक्दा जीवनमरणको दोसाँधमा रहेकी निरसी ०७७ माघ १३ गते चिसो छल्न बालेको घुरबाट सल्केको आगोले जलेर गम्भिर घाइते हुनुभएको हो ।

ऐलानी जग्गामा बसोबास गर्ने निरसी र उहाँका पति राजाराम अर्काको घरखेतमा मजदुरी गरेर गुजारा चलाउँदै आउनु भएको छ ।

एक महिनादेखि निरसी अस्पतालमा भर्ना भएपछि उहाँको रेखदेखमै खटिनु परेकाले राजारामले पनि मजदुरी गर्न नपाएको बताउनु भयो ।

अन्य

भिडियो