१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भगवतीमाई गाउँपालिका–२ बेस्तडाका १९ वर्षीय मोहन बुढालाई प्रहरीले फागुन १८ गते गिरफ्तार गरेको छ ।
आरोपितले फागुन १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा आरोपित बुढालाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १८ गते दैलेख अस्पतालमा भएको डाक्टर जीवन ज्ञवालीले बताउनुभयो ।