सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले फागुन १८ गते वार्ताका लागि समिति गठन गरेका छन् ।

सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेकै दिन फागुन १८ गते नै प्रतिबन्धित नेकपाले पार्टी प्रवक्ता खड्गबहादुर बिक ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको छ ।

सञ्चारमन्त्री पार्वत गुरुङले समूहमाथिको प्रतिबन्ध पनि चाँडै फुकुवा हुने बताउनु भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले २०७५ फागुन २८ गतेबाट प्रतिबन्ध लगाएको थियो ।
