मुलुकमा प्रजातन्त्र स्थापना गरी जनतालाई समृद्ध बनाउनका लागि शहीदले दिएको जीवनको बलिदानीलाई माघ १६ गते विभिन्न कार्यक्रम गरी सम्झना गरिएको छ ।
शहीद दिवसका अवसरमा चार शहीद शुक्रराज जोशी, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको मूर्तिमा माल्यार्पण तथा पुष्पगुच्छा चढाएर र उनीहरुके स्मरणमा कार्यक्रमहरु गरेर सम्झना गरिएको हो ।
तत्कालीन जहानिया राणा शासनको विरुद्धमा जनतालाई चेतना अभिवृद्धि गरेको भन्दै विसं १९९७ माघ १० गते जोशीलाई टेकुस्थित पचलीमा, १३ गते माथेमालाई सिफल, १५ गते चन्द र श्रेष्ठलाई शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो ।
प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म चार शहीद तथा विभिन्न राजनीतिक आन्दोलनमा जीवन उत्सर्ग गरेका शहीदको सम्झनामा शहीद सप्ताह मनाउने गरिएको छ ।