INSEC Online

📅 २०८३ जेष्ठ २२

कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीन जना गिरफ्तार

महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनिता देवी यादवलाई कटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय लक्ष्मण राउत बरै, २७ वर्षीय श्याम राउत वरै र ६५ वर्षीय रामजी साहलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।

आरोपितमध्ये सोही ठाउँका ४० वर्षीय सुरेन्द्र साह फरार रहेकोले खोजतलास भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

फागुन ६ गते दिउँसो आफ्नो खेतमा बालीनाली हेर्न गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गँहु काटिरहेको देखी निजहरुलाई रोक्न खोज्दा कुटपिट गरी घाइते बनाएको र सोही क्रममा पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा फागुन ९ गते उजुरी दिनुभएको थियो ।

अन्य

भिडियो