INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा जिल्ला पोखरिया नगरपालिका–६, श्रीसिया गाउँ घर भई महाँकाल गाउँपालिका–४, कालेश्वर, खन्तिडाँडास्थित नवोदय आधारभूत विद्यालय भवन निर्माणमा ज्यामी काम गर्ने २३ वर्षीय राजकुमार ठाकुरलाई प्रहरीले ०७७ फागुन ६ गत गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०७७ फागुन ५ गते साँझ प्रलोभनमा पारी, डरत्रास देखाई पीडितको घर नजिक जङगलमा लगेर बलात्कार गरेको भन्दै सोही दिन  पीडित पक्षले महानगरीय प्रहरी वृत्त चापागाउँमा आरोपित ठाकुरविरुद्ध उजुरी दिएको थियो ।

आरोपित ठाकुरलाई फागुन ६ गते ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्तका डिएसपी टेकबहादुर कार्की क्षेत्रीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ६ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जानकारी दिएको छ ।

अन्य

भिडियो