INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सजाय तोकिएका व्यक्ति सातवर्षपछि गिरफ्तार

बलात्कार गरेको कसुरमा जिल्ला अदालत जाजरकोटले दोषी ठहर गरेका कुशे गाँउपालिका –२ टालेका ३१ वर्षीय साजन सिंहलाई प्रहरीले सात वर्षपछि गिरफ्तार गरेको छ ।

बलात्कार गरेको कसुरमा २०७० सालमा चार वर्षको जेल सजाय सुनाइएका साजनलाई ०७७ माघ २८ गते कुशे गाउँपालिका –२ बाटुलेमा लुकिछिपि बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापालले बताउनुभयो ।

२१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग लागेका साजनलाई जिल्ला अदालत जाजरकोटका न्यायाधिस यज्ञप्रसाद आचार्यको ०७७ माघ २९ गतेको आदेशले कारागार चलान गरिएको डिएसपी थापाले जानकारी दिनुभयो ।

अन्य

भिडियो