INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै हनुमानगर कङ्कालिनी नपा–१ भारदहका २२ वर्षीय प्रभा भनिने प्रेमकुमार यादव र १६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै हनुमानगर कङ्कालिनी नपा–१ भारदहका २१ वर्षीय शङ्कर यादवले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ २८ गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकाहरूलाई आरोपितहरूले माघ १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा माघ २१ गते उजुरी दिएको थियो ।

पीडितहरुको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ २१ गते गरिएको छ ।

आरोपितहरू फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

अन्य

भिडियो