४२ वर्षीया पत्नी हरिमाया पुनलाई बञ्चरो हानी हत्या गरेको आरोपमा प्रहरीले पर्वत घर भई पोखरा महानगरपालिका–३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई माघ २३ गते पोखरा–३३ लामगादीबाट गिरफ्तार गरेको छ ।
मृतक हरिमायालाई आरोपितले माघ २२ गते राति खाना नपकाएको विषयमा विवाद हुँदा बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले बताउनुभयो ।
पत्नी हरिमाया माघ २३ गते बिहान मृत अवस्थामा भेटेपछि प्रहरीले अनुसन्धानबाट पति गमबहादुरको संलग्नता पुष्टि भएको डिएसपी हमालले जानकारी दिनुभयो ।
आरोपितविरुद्ध जिल्ला अदालत कास्कीका कर्तव्य ज्यान शीर्षक अन्तरगत मुद्दामा दर्ता गरी दश दिनको म्याद थप गरिएको उहाँले बताउनुभयो ।
शवको पोष्टमार्टम माघ २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको छ ।