INSEC Online

📅 २०८३ जेष्ठ २१

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (गण्डकी प्रदेश अपडेट)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले माघ २२ गते आह्वान गरेको आमहड्तालको गण्डकी प्रदेशमा आंशिक प्रभाव परेको छ । बिहानदेखि नै यस प्रदेशका जिल्लाहरूको सदरमुकाममा अधिकांश बजार, शैक्षिक संस्था, कलकारखाना र सार्वजनिक यातायात बन्द रहे पनि सरकारी कार्यालय खुल्ला रहेका थिए । बन्द आहवानकर्ताहरूले परीक्षा दिन हिँडेका विद्यार्थीहरूको सवारी साधन, दुध, पानी, तरकारी जस्ता उपभोग्य बस्तुको ढुवानी गर्ने गाडीहरू गुड्न दिएका थिए । आमहड्तालको प्रभावबारे राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख चन्द्रकान्त चापागाई, महिला मानव अधिकार रक्षक सञ्जालकी जानकी शर्मा, शान्तिको लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बराल र इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल सहितको टोलीले अनुगमन गरेको थियो । सडकमा सुरक्षाकर्मी बाहेकका अन्य सरकारी निकायका सवारी साधनहरू चलेका थिएनन । हड्तालमा सबै जिल्लाको अवस्था सामान्य भएपनि तनहुँ र कास्कीमा गिरफ्तारीहरू भए।

photo20210204kaski6

 photo20210204kaski7

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार आम हड्ताल सफल पार्न तनहुँको दमौलीमा खटिएका १६ जना नेता तथा कार्यकर्तालाई माघ २२ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा नेकपाका केन्द्रीय सदस्य व्यास नपा–१ का ५५ वर्षीय प्रतापलाल श्रेष्ठ, गण्डकी प्रदेश कमिटिका सदस्यहरू अतिन्द्रकेशरी न्यौपाने, मदन आले, जिल्ला कार्यालय सदस्य विष्णुभक्त सिग्देल, व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की, राष्ट्रिय युवा सङ्घका अध्यक्ष ईश्वर बस्याल, अनेरास्ववियुका संयोजक डम्बरबहादुर विक, नगर सचिव रामचन्द्र सापकोटा, कार्यकर्ताहरू मंगलप्रसाद श्रेष्ठ, गोविन्द भट्टराई, भिमबहादुर विक, गोपाल सुर्खाली, गोमबहादुर राना, गजेन्द्र पन्त, रनसिंह नेपाली, दोर्णसिंह नेपाली रहेका छन् ।

r

पृथ्वीराजमार्गको दमौली भोर्लेटार चोकमा बसी सवारी साधनलाई सञ्चालनमा अवरोध गरेको भन्दै उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाले बताउनुभयो । गिरफ्तार गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेर साझँ रिहा गरिएको छ ।

r

r

 

r

कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महानगरपालिका–२६ बस्ने २३ वर्षीय विनायक तिमल्सिनालाई प्रहरीले माघ २२ गते पोखरा मनपा–९ महेन्द्रपुलबाट गिरफ्तार गरेको छ । हड्तालको क्रममा महेन्द्रपुलमा बन्दकर्ताको रूपमा खटिएका तिमल्सिनाले होहल्ला र प्रहरीसँग दुर्व्यवहार गरेपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले बताउनुभयो । गिरफ्तार भएका तिमल्सिनालाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर साझँ रिहा गरिएको छ ।

photo20210204kaski3

अन्य

भिडियो