INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पीडितका बुवालाई सप्तरी प्रहरीले माघ १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ १६ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा माघ १८ गते उजुरी दिएकी छन् ।

पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा माघ १८ गते गरिएको छ । उजुरी दर्ता गरेर आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

अन्य

भिडियो