३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले रूपनी गाउँपालिका–३ मलाहा टोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई माघ १६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालार्य आरोपितले ०७७ कात्तिक ६ गते बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् ।
पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७७ कात्तिक २३ गते दिएको उजुरी कात्तिक २७ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा कात्तिक २६ गते गरिएको छ ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।