INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–६ का २१ वर्षीय अफरोज मियाँविरुद्ध माघ १३ गते उजुरी दर्ता गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा पीडितले माघ १० गते दिएको उजुरी आवश्यक अनुसन्धान पश्चात माघ १३ गते दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

पीडितलाई आरोपितले माघ ६ गते बलात्कार गरी फरार भएको पीडितको आरोप छ । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ १० गते गरिएको छ ।

आरोपितलाई गिरफ्तार गरी आवश्यक कानुनी कारवाही गर्नका लागि खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो